भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक

भारतमा कोरोना संक्रमितको संख्या साढे ३ करोड नजिक

भारतमा कोरोनाका कूल संक्रमितको संख्या साढे ३ करोड नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५ हजार ८८६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३ करोड ४९ लाख ५८ हजार ७६८ पुगेको छ ।


ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा १० हजार ८४६ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड ४२ लाख ९५ हजार ४०७ जना पुगेको छ ।

हालसम्म त्यहाँ ४ लाख ८१ हजार ८९३ को मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या एक लाख ८१ हजार ४६८ छ ।