मेरो खण्डहर नि खण्डहर जस्तो लाग्दैन

धर्मानन्द भट्ट    

मेरो खण्डहर नि खण्डहर जस्तो लाग्दैन

मेरो खण्डहर नि खण्डहर जस्तो लाग्दैन।
मेहनतीहरूको बगर बगर जस्तो लाग्दैन।

कति बदलियौ सोचेरै हैरान भएको छु म
सम्झनुपर्छ साथी सकभर जस्तो लाग्दैन।

सपना बोकेर हिंड्नुपर्छ थाक्दा चाहिन्छ
उर्जा बिना त सफर सफर जस्तो लाग्दैन।

केही त मिलाउनु पर्ने भएको छ यो घरमा
किन आजकल यो घर घर जस्तो लाग्दैन।

भुक्छ उज्यालो सडकमा कुकुर भुक्न त
लासहरू बस्ने सहर सहर जस्तो लाग्दैन।

छन् धेरै जना पर्खाइमा तिमीले त पायौ 
भाग्यमानी रहेछन् अधर जस्तो लाग्दैन।



मङ्गलबार २०, पुष २०७८ ०८:५९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस