एकीकृत समाजवादीद्धारा धनगढी उप-महानगरपालिका क्षेत्रको अतिक्रमण हटाउन माग

एकीकृत समाजवादीद्धारा धनगढी उप-महानगरपालिका क्षेत्रको अतिक्रमण हटाउन माग

धनगढी । धनगढी उपमहानरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन नेकपा एकीकृत समाजवादी पार्टीले माग गरेको छ ।

बिहीबार एकीकृत समाजवादी पार्टी धनगढी नगर कमिटिले मेयर नृपबहादुर वडलाई ज्ञापन पत्र बुझाउँदै खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माग गरिएको एकीकृत समाजवादीका नगर अध्यक्ष मदनराज रेग्मी जानकारी दिए ।

उनका अनुसार नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने क्रम बढेपछि डुबानको समस्या पनि बृद्धि भएकाले यथाशिघ्र अतिक्रमण हटाउन माग गरिएको हो ।

नगर अध्यक्ष मदनराज रेग्मी र सचिव बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ,‘अतिक्रमण गरि बनाइएका संरचना हटाएर उपमहानगरपालिको नेतृत्वले यथाशिघ्र डुबानको समस्या हल गर्न र व्यवस्थित शहर निर्माणमा ध्यान देओस् ।’

अतिक्रमण हटाउने कामको थालनी नगरिएमा समाजवादीले आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।