कैलालीको गोदावरी नगरपालिकामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिकामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

कैलाली : कैलालीको गोदावरी नगरपालिकामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

बिहिवार गोदावरी नगरपालिका ९ धनचौरी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो।

धनगढी उपमहानगरपालिका ६ जाली बस्ने ३६ वर्षीय बिरबहादुर चौधरीले चलाएको रा १ त ४६५३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री कञ्चनपुर कृष्णपुर नगरपालिका ६ मौरीफाटा बस्ने अन्दाजी ४० वर्षीयको करन भट्टराईको मृत्यु भएको हो । 

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।