गौरीफन्टा र गड्डाचौकी नाका हुँदै नेपाल फर्किएका ९७ जनामा कोरोना पुष्टि

धनगढी खबर    

गौरीफन्टा र गड्डाचौकी नाका हुँदै नेपाल फर्किएका ९७ जनामा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिमका विभिन्न नाका हुँदै भारतबाट स्वदेश फर्किएका ९७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १७८ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सबैभन्दा बढी गौरीफन्टा नाका भएर फर्किएका व्यक्तिहरुमा संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार गोरीफन्टा नाकामा ३६४ जनामा एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा ७८८ जनामा एन्टिजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज सुदूरपश्चिमका पाँच वटा नाका हुँदै एक हजार ३४५ जना नेपाल फर्किएका छन् ।  भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ ।



शुक्रबार २३, पुष २०७८ ०५:२५ मा प्रकाशित

#कोरोना पुष्टि 
Loading...

प्रतिकृया दिनुहोस