प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक देखि सामान्य बदली रहेको छ । तराईका केहि भूभागमा हुस्सुरकुहिरो लागेको छ।

दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।राती सुदूर पश्चिम, कर्णाली र बागमती प्रदेशहरूमा सामान्य वदली रही प्रदेश न १, प्रदेश न २, गण्डकी र लुम्बिनी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। 

सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग  सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।