धनगढी उपमहानगर र भूमि आयोगबीच सम्झौता, भूमिहिनलाई लालपुर्जा वितरण गरिने

धनगढी उपमहानगर र भूमि आयोगबीच सम्झौता, भूमिहिनलाई लालपुर्जा वितरण गरिने

धनगढी । धनगढी उपमहानगरपालिका भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न धनगढी उपमहानगपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच सम्झौता भएको छ ।

आयोगमार्फत यसअघि भएका कामलाई पुनः अगाडि बढाउन काठमार्डौमा उपमहानगरपालिका र आयोग बिच सम्झौता भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थिमिा आयोगका पदाधिकार र धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले सम्झौता पत्रमा सम्झौता गरेका हुन् ।

सम्झौतापश्चात् धनगढीमा रहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न सहज हुने बताउँदै मेयर वडले भने,‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न धनगढी उपमहानगपालिका र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच सम्झौता भएको छ, यसले अब लालपुर्जा वितरण गर्न सहज हुने छ ।’

आफूले चुनावी प्रतिस्पर्धामा रहँदा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेको बुँदालाई यसपटक समाधान गर्न थालेको उनले बताए । ‘मेरो चुनावी घोषणा पत्रमा लालपुर्जा वितरण गर्ने बुँदा लेखेको थिएँ,’ उनले भने,‘त्यही अनुसार अब धनगढीका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई उनीहरुले भोग चलन गरिरहेको जग्गा उनीहरुकै नाममा गरेर लालपुर्जा वितरण गरिने छ ।’