एमाले अछामको अध्यक्षका लागि प्रकाश शाह प्यानलसहित चुनावी मैदानमा

एमाले अछामको अध्यक्षका लागि प्रकाश शाह प्यानलसहित चुनावी मैदानमा

धनगढी  । अछाममा नेकपा एमालेको नेतृत्वका लागि उम्मेदवार प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । सहमती नभएपछि नेता प्रकाश शाह जिलाको नेतृत्वको लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको थियो । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने भएको हो ।

सो प्यानलमा बल बहादुर कुँवर उपाध्यक्ष, भीम बहादुर रावल सचिव, प्रेम खत्री र प्रेम महर उपसचिवका उम्मेद्धार भएका छन् ।

जिल्लामा अहिले उम्मेदवारी दर्ता सुरु भएको छ । साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार चन्द्र बोहरा पनि प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।