नागरिक समाज र स्थानीय सरकार बिच नीति निर्माणमा सहभागीता बारे छलफल

नागरिक समाज र स्थानीय सरकार बिच नीति निर्माणमा सहभागीता बारे छलफल

बैतडी । प्रागिक क्षेत्र नागरिक समाज र स्थानीय सरकार बिच नीति निर्माणमा सहभागी बारे अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न भएको छ । सोमबार दशरथ चन्द नगरपालिकाको सभा हलमा सुरु भएको कार्यक्रमका दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय सरकार नागरिक समाज र प्रागिक क्षेत्रको के कस्तो भूमिका रहन्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको सञ्जीवनी नेपालकी कार्यकारी निर्देशक नितु भट्टले जानकारी दिनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै जगन्नाथ बहुमुखी क्याम्प का क्याम्पस प्रमुख पृथ्वी राज अवस्थीले स्थानीय सरकार र प्राविधिक क्षेत्र बिच समन्वय अनिवार्य शैक्षिक क्षेत्र र विकास निर्माण मा स्थानीय सरकारलेजोड दिनु पर्ने समुदायका आवश्यकताको पहिचान गरी निति निर्माण बनाउनु पर्ने बताउनु भएको छ । 

स्थानीय सरकारले सङ्घीय सरकारले उपलब्ध गराएका इक्युमेन्टहरुकोे केही छोटो समयमा नितिनिर्माण गर्नु पर्न भएकाले सबै क्षेत्रलाई समेट्न नसकेकोले अगामी दिनमा सबैसँग सहकार्य गरी अगाडी बढ्ने दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्दले बताएका छन् ।

सञ्चारमाध्यम पत्रपत्रिका सङ्घ संस्था नागरिक समाजलाई नगरपालिकाले गर्न सक्ने सहयोगमा नगरपालिका पछाडि नहट्ने नगर प्रमुख एवम् कार्यक्रमका अध्यक्ष नरेन्द्र सिंह थापाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ  । 

कार्यक्रमका प्रमुख अतिथि दशरथचन्दनगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्द विशिष्ट अतिथिमा नागरिक समाज बैतडी अध्यक्ष प्रकाश बहादुर चन्द, अतिथिमा सुदुरपशिम विश्व विद्यालयका उप-प्राध्यापक हरि प्रसाद बडू सञ्जीवनी नेपालकी कार्यकारी निर्देश नितु भट्ट जगन्नाथ बहुमुखी क्याम्प प्रमुख पृथ्वी राज अवस्थी विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता सङ्घ संस्थाका प्रमुख पत्रकार हरुको उपस्थिति रहेको थियो