सुदूरमा ३ सयौँ पृथ्वी जयन्ती, नेपाल राष्ट्रनिर्माताको सम्झना नगर्ने जति 'कृतघ्न' भएको आरोप

सुदूरमा ३ सयौँ पृथ्वी जयन्ती, नेपाल राष्ट्रनिर्माताको सम्झना नगर्ने जति 'कृतघ्न' भएको आरोप

धनगढी । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा धनगढीमा पनि ३ सयौँ पृथ्वी जयन्ती भव्यताका साथ मनाइएको छ । बाइसे, चौबिसे राज्यहरूको एकीकरण गर्दै सिङ्गो देश नेपाल बनाउनु भएका तिनै पृथ्वीनारायण शाहको सम्झना र सम्मान स्वरूप धनगढीमा आज पुस २७ गते ३ सयौँ पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।  

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा एकता दिवस, पृथ्वी जयन्ती मनाइरहँदा नागरिकहरू ले यस दिन सार्वजनिक बिदा नदिने र नेपाल राष्ट्रनिर्माताको सम्झना नगर्ने जति भने असन्तुष्टि व्यक्त गर्दै 'कृतघ्न' भएको आरोप लगाएका छन् ।

अहिलेको समयमा राष्ट्र सञ्चालकहरू बाट नै नेपालीहरूको इतिहासलाई मेटाउने काम भइरहेको बताइएको छ । नेता र दलका झोले नभएका नेपालीहरूले आफ्नो इतिहास मेटाउन खोज्दा नसहने बताउँदै राष्ट्रिय सरोकार मञ्च सुदूरपश्चिमका संयोजक रवीन्द्र कार्की 'डब्बु'ले राष्ट्र निर्माता भनेको पृथ्वी नारायण शाह भएको र साहद्वारा नेपाल निर्माण भएकोले नै आज हामीले नेपाली भनी गौरव गर्न पाइरहेको बताउनुभएको छ । कार्कीले नेपालीहरूको इतिहास मेटाउन खोज्ने गणतन्त्र बादीहरू पश्चिमाहरूको दास भएर क्रिसमसको दिन शनिवार समेत सार्वजनिक बिदा घोषणा गरे पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती, एकता दिवसको दिन सार्वजनिक बिदा नदिएको प्रति आपत्ति जनाउँदै यस्ता पश्चिमेका दलाल सरकारलाई नमान्ने र यो व्यवस्था ढाल्ने घोषणा गर्नुभयो ।

''आज हाम्रो इतिहास मेटाउन खोज्ने गणतन्त्रबादीहरु जसले यो इतिहास, धर्म, संस्कृति माथि अछुतपूर्ण प्रहार गर्दै आई रहेका छन् । हामी सङ्ख्यामा सानो भए पनि तिनीहरूलाई म यो मञ्चबाट के खबरदारी दिन चाहन्छु भने जब आधी आउँछ त्यसले भयङ्कर रूप लिएर आउँछ । तपाईँहरूलाई चेतावनी छ । आजको पवित्र दिनमा पनि तपाइहरूले एक दिन सार्वजनिक बिदा दिन नसक्ने ? तर क्रिसमस डे को दिन सार्वजनिक बिदा घोषणा गर्ने ? यस्ता पश्चिमेका दलाल सरकारलाई हामी मान्दैनौ र सडकबाटै एक दिन यो सरकार लाई ढाल्ने छौँ र व्यवस्थालाई फाल्ने छौँ ।'' उहाँले भन्नुभयो । 

यस्तै, बझाङको छान्ना स्थायी ठेगाना भई हाल धनगढी उप-महानगरपालिका १ शिवनगर बस्दै आइराख्नुभएका स्थानीय कवि डम्मर बहादुर थापाले पृथ्वी जयन्तीको दिन सरकारी तवरबाट कुनै कार्यक्रमको आयोजना नहुँदा र सार्वजनिक बिदा घोषणा नगरिँदा दुःख लागेको बताउनुभयो । थापाले पृथ्वी नारायण शाहकै कारण हामीले अहिले नेपाल र नेपाली भन्न पाएको हुँदा आज सार्वजनिक बिदा नदिँदा कुनै पनि छोरा छोरीले आफ्नो आमा बुवाको इज्जत नगरे समान भएको औँल्याउनुभयो । 

''पृथ्वी नारायण जस्तो व्यक्ती को सम्झनामा एक दिन बिदा नदिनु दुःखद हो । कुनै पनि छोरा, छोरीको लागी आमा, बुबा नराम्रो हुन सक्दैनन् । दार्जिलिङ र सिक्किमलाई जसरी इन्डियाले खायो हो त्यस्तो हुनबाट लिपुलेक, कालापानी लगायतको यो भूमिलाई बचाउने पृथ्वी नारायण शाह नै हुन् र पो आज हामी गर्भ गर्दै नेपाली हौ भन्दै हिडीरहेका छौँ ।'' उहाँले भन्नुभयो । 

त्यस्तै, लोकदोहोरी गाईका पार्वती बमले धर्म र संस्कारको जगेर्ना गर्न र धार्मिक, सांस्कृतिक संस्कारका कुराहरू को पुस्ता हस्तान्तरणको निम्ति पनि आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस मनाएको बताउनुभएको छ । ''कला संस्कृतिको जगेर्ना नयाँ पुस्ता र छोरा छोरीलाई संस्कार सिकाउन समेत आज हामीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाएका हौँ मनाउन आवश्यक छ ।'' उहाँले भन्नुभयो । 

यसै गरी, धनगढीका सामाजिक अभियेनकर्ता तथा धर्म संरक्षक डमरु वल्लभ भण्डारीले हिन्दु राष्ट्र चाहिने र देशलाई अनुशासित बनाउन राजाको समेत आवश्यकता परेको बताउनुभएको छ ।  भण्डारीले अहिलेका नेहरुले विदेशीहरूको नक्कल मात्रै गर्ने र तिनीहरूमा देश प्रेम नभई पद लुप्त प्रवृत्ति मात्रै भएको उहाँको भनाइ छ । नेपाल राष्ट्रका निर्माता राष्ट्रपिताको जन्म जयन्ती नबनाउन सबै 'कृतघ्न' भएको उहाँको आरोप रहेको छ। 

''अहिले आफूलाई बचाउन विभिन्न राष्ट्रिय सम्मेलन अधिवेशन मनाइरहेका छन् । ठुला नेता भनौदाहरुले जनता दुखमा छन् । मैले जनताको सेवा गरेको देख्दैन । तिनीहरू पद लुप्त मात्रै छन् । यस्तो नेपाल राष्ट्रनिर्माता राष्ट्र पिताको सम्झना पनि नगर्ने, जयन्ती पनि नमनाउने ती सबै 'कृतघ्न' हुन्। आर्थात संस्कृत भाषामा 'महा पापी'लाई भनिन्छ । अँध्यारो भएर उज्यालो होला ।'' उहाँले भन्नुभयो । 

भण्डारीले आफूहरूले लामो समय देखी समाजको सेवामा खटिँदै आएको भए पनि कुनै अखबार पत्रिकामा छपाउनु नपरेको बताउँदै अहिलेका नेपालका राज्य सञ्चालन गरिरहेका नेताहरू लाई दुई खुट्टे पशुको संज्ञा दिनुभएको छ । उहाँले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिएको कुराको विरोध गर्दै, ''पृथ्वी नारायण शाहलाई महत्त्व नदिने अहिलेका नेताहरू दुई खुट्टे पशु हुन् । हामी स्वाभिमान स्वतन्त्र राष्ट्रका मान्छे हौ भन्ने छदै छैन ।'' उहाँले भन्नुभयो । 

मङ्गलवार पृथ्वी जयन्तीको अवसरमा धनगढीको ट्राफिक चौराहा देखी जिल्ला प्रशासन हुँदै पार्क मोडमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिएको थियो भने । विभिन्न वक्ताहरूले आफ्नो भनाइ समेत राखेका थिए । सोही अवसरमा प्राचीन कालीन भुवा नाच समेत प्रस्तुत गरिएको थियो । भने श्री राष्ट्रिय मठमन्दिर समन्वय महासमिति सुदूरपश्चिम प्रदेश, शिव सेना नेपाल कैलाली, राष्ट्रिय सरोकार मञ्च र विश्व हिन्दु जागरण सङ्घ सुदूरपश्चिम प्रदेशले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् ।