आजको मौसम

आजको मौसम

हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

दिउँसो सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुट देखि हल्का वर्षाको सम्भावना साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ।राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागहरूमा आंशिक बदली रहने छ। 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भूभागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना   रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।