सुदुरपश्चिम प्रदेश सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

सुदुरपश्चिम प्रदेश सभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । आजको बैठकममाा छलफलका लागि बिजनेस नभएपछि शोक प्रस्ताव पारित गर्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठकले संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र पूर्व उप प्रधानमन्त्री तथा अर्थ मन्त्री भरतमोहन अधिकारीको निधन प्रति दुःख ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेश सभाको आजको बैठकमा छलफलका लागि प्रदेश सभा तथा सचिवालय सञ्चालन सम्बन्धमा बयवस्था गर्न बनेको विधेयक २०७५ माथि विधायन तथा प्रदेश मामिला समितिले तयार गरेको प्रतिवेदन पेश हुने कार्यसूची तय गरिए पनि अन्तिममा कार्य ब्यवस्था परामर्श समितिको बैठकले प्रतिवेदन पेश गर्ने विषय कार्यसूचीबाट हटाएको थियो ।

प्रदेश सभा सञ्चालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सचिवालय ब्यवस्थापन समितिमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य रहने नियमावलीको प्रावधान हटाइएकोले प्रमुख प्रतिपक्षी दलले त्यसमा बिरोध गरिरहेको छ ।