सुदूरमा कोरोना संक्रमणदर उच्च, होल्डिङ सेन्टर निर्माणको काम अधुरै (फोटोफिचर)

सुदूरमा कोरोना संक्रमणदर उच्च, होल्डिङ सेन्टर निर्माणको काम अधुरै (फोटोफिचर)

धनगढी । पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दैनिक कम्तीमा पनि एक सय जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।

कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाका भएर आउने संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि धनगढी उपमहानगरपालिका–३ मा एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ ।

तर नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम भने अधुरै छ । मंगलबार मात्रै सुदूरपश्चिमका विभिन्न नाकामा भारतबाट फर्किएका १४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

होल्डिङ सेन्टर निमार्ण कार्य जारी तस्विरमा हेर्नुहोस् :

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.