कैलालीमा सालको काठ र ट्याक्टरसहित एकजना पक्राउ

कैलालीमा सालको काठ र ट्याक्टरसहित एकजना पक्राउ

धनगढी । कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई ओसार पसार गर्दै गरेको अवस्थामा सालको काठ बरामद गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका-७ गौडीस्थित भित्रि सडक खण्डमा बालुवा बोकेर पश्चिमबाट पूर्वतर्फ जादैँ गरेको से१त ८८६७ नम्बरको ट्याक्टरबाट प्रहरीले काठ बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले बालुवा भित्र लुकाई छिपाई ओसार पोसार गरी रहेको अवस्थामा सालको काठ (कडी) ५५ थान बरामद गरेको हो । गोदावरी नगरपालिका-७ तेकुल्ला बस्ने ३६ बर्षिय हर्क कुमालले चलाएको ट्याक्टरमा चेकजाँच गर्दा बालुवा भित्र काठ भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त ट्याक्टर र चालकलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय मालाखेतीले आवश्यक कारबाहीको लागि सब डिभिजन बन कार्यालय अत्तरीया पठाएको छ ।