मोबाइल एसएमएस तथा एमएमएसमा नयाँ पुस्ताको प्रविधि, यसरी गर्नुहोस् प्रयोग

मोबाइल एसएमएस तथा एमएमएसमा नयाँ पुस्ताको प्रविधि, यसरी गर्नुहोस् प्रयोग

पुरानो मोडेलको सेल फोनसँगै दशौकोँदेखि टेक्स्ट म्यासेज हाम्रो दैनिक जीवनको नियमित अङ्ग बनिसकेको छ । तर हामीले अहिलेको समयमा प्रयोग गर्ने एसएमएस भने त्यति परिपक्व चाहिँ भइसकेको छैन ।

यसको प्रकृतिले नै एसएमएस सीमित प्रकारको छ र यसको सेक्युरिटी प्रोटोकल समेत थोरै छ । त्यसैले स्मार्टफोनको अहिलेको युगमा थप केही उपयोगी बनाउनेतर्फ अग्रसर हुने बेला आएको छ ।

यसका लागि गुगलको नेतृत्वमा म्यासेजको नयाँ स्ट्यान्डर्ड (मानक) आरसीएस विकास भएको छ । जसले जीएसएमएको युनिभर्सल प्रोफाइललाई एकत्रित गर्नेछ । त्यसैअनुरूप पुरानो एसएमएस तथा एमएमएसको साटो आरसीएस प्रयोगमा आएको हो ।

यसले हामीलाई सबै प्रयोगकर्तालाई ‍ईन्ड-टु-ईन्ड इन्क्रिप्सन (म्यासेज पठाउने र पाउने बाहेक बीचमा रहने इन्टरनेट तथा मोबाइल सेवा प्रदायक र गुगल जस्ता कम्पनीले समेत हेर्न नसक्ने गरी सुरक्षित पारिने प्रविधि) जस्ता उपयोगी किसिमका थुप्रै आधुनिक फिचर उपलब्ध गराउँछ । गुगलले आरसीएसका समग्र च्याट फिचर आफ्नो मेसेजेज एपमा समावेश गरिसकेको छ ।

जसको प्रारम्भिक सेटअप समेत निकै साधारण छ । पछिल्लो समय थुप्रै स्मार्टफोनमा गुगल मेसेजेज एप प्रिइन्स्टल (डाउनलोड नै गर्नु नपर्ने गरी पहिल्यै फोनमा समावेश भएर आउने) भएरै आउने गर्छ ।

त्यस हिसाबले तपाईंले यस अघिदेखि नै यो एप एसएमएस तथा एमएमएसका लागि प्रयोग गर्दै आउनु भएको पनि हुनसक्छ । चिन्ता नगर्नुहोस्, तपाईंको मोबाइलमा गुगल मेसेजेज एप छैन भने यहाँ क्लिक  गरी डाउनलोड गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई आफ्नो मोबाइलमा आरसीएस च्याट इनेबल (सक्रिय) पार्ने सजिलो तरिका बताउँदै छौँ । जसले तपाईँको म्यासेजिङ अनुभवलाई नयाँ स्तरमा लैजानेछ । 

आफूले आरसीएस च्याट मेसेज प्रयोग गरेको वा नगरेको तपाईँ आफैँले थाहा पाउन सक्नुहुन्छ । यदि आरसीएस च्याट मेसेज प्रयोग भइरहेको छ भने मेसेज लेख्ने बक्स (डाइलग बक्स) मा ‘च्याट मेसेज’ लेखिएको देखिन्छ ।

यदि तपाईँ मेसेजेज एपको अप-टु-डेट भर्सन प्रयोग गरिरहेको व्यक्तिसँग मेसेजमा च्याट गरिरहनु भएको छ र गुगलले दुवैतर्फ त्यसले सपोर्ट गर्ने यकिन गरेको छ भने त्यस्तो मेसेस ‘इन्ड-टु-इन्ड इन्क्रिप्टेड’ हुन्छ । जुन तल तस्वीरमा जस्तै सानो आकारको ‘लक आइकन’ (ताला लगाएको जस्तो सङ्केत) सहित देखिन्छ । 

गुगल मेसेजेजमा देखिने इन्क्रिप्सन सक्रिय भएको आरसीएस च्याट । 

यो अवस्थाका लागि गुगल मेसेजेजले आफैँ आरसीएस च्याट इनेबल गर्दैन । त्यसैले यदि तपाईँ आरसीएस मेसेज प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँ आफैँले म्यानुअल्ली त्यसलाई इनेबल गर्नुपर्ने हुन्छ । साथै यसलाई डिसेबल (निस्क्रिय) पार्ने सुविधा समेत यसमा रहेको हुन्छ । 

के हो आरसीआर च्याट ?

आरसीएसको पूरा रूप ‘रिच कम्युनिकेसन सर्भिसेस’ हो । जुन चाहिँ हामीले अहिलेसम्म प्रयोग गर्दै आएको एसएमएस तथा एमएमएसको अर्को पुस्ता (नेक्स्ट जेनेरेसन) हो ।

बजारमा आरसीएस स्ट्यान्डर्डका थुप्रै प्रयोग र भर्सनहरू छन् । तर सामान्य रूपमा भन्नुपर्दा यसले तपाईँलाई वाई-फाई तथा डेटा कनेक्सनमार्फत आरसीएस सपोर्ट गर्ने फोन तथा फोन नम्बरमा मेसेज तथा फोटो भिडिओ लगायतका मिडिया फाइल पठाउन सम्भव तुल्याउँछ ।

यसमा मेसेञ्जर तथा ह्वाट्सएपमा जस्तै अर्को तर्फको व्यक्तिले टाइपिङ गरिरहेको इन्डिकेटर, प्रापकले मेसेज पढिसकेको सङ्केत र ग्रुप च्याट आदि समेत गर्न सकिन्छ । जीएसएमए एसोसियसन युनिभर्सल प्रोफाइलको रुपमा आरसीएसलाई लागू गर्न चाहेको छ ।

आरसीएस स्ट्यान्डर्डमा अन्तर सञ्चालनलाई सुनिश्चित गर्न विभिन्न कम्पनी तथा सङ्गठन सहमत पनि भइसकेका छन् । यद्यपि केही सेवाप्रदायकले प्रयोग गरेका आरसीएस स्ट्यान्डर्ड युनिभर्सल प्रोफाइलमा छैनन् ।

यसको अर्थ कहिलेकाहीँ केही निश्चित मोबाइलमा अतिरिक्त मेसेजिङ फिचर  लक भएको हुनसक्ने अथवा दिइएको नेटवर्कमा मात्रै काम गर्ने हुनसक्छ । यस्तोमा तपाईँसँग उचित नेटवर्कमा उचित मोबाइल छैन र तपाईँको साथीसँग पनि समान नेटवर्कमा उचित मोबाइल छैन भने आरसीएसका यी नयाँ फिचर त्यसमा प्रयोग गर्न सक्नुहुन्छ । 

आरसीआर अर्को पुस्ताको मेसेजिङ स्ट्यान्डर्ड हो । जसलाई तपाईँ हामी सबैले अहिले नै प्रयोग गर्न सक्छौँ । यद्यपि यसले हालको एसएमएस तथा एमएमएसलाई समग्र रुपमा विस्थापित गर्न भने समय लाग्नेछ । गुगलको महत्वाकाङ्क्षा धेरै छ ।

तर निश्चित रुपमा एउटै युनिभर्सल मेसेजिङ प्रोटोकलबाट विश्वलाई नै एकतावद्ध गर्न भने सम्भव छ । यदि तपाईँले माथि भनिएजस्तै गरी आफ्नो फोनमा आरसीएस च्याट इनेबल गर्नु भएको छ भने अब तपाईँसँग एन्ड्रोइड फोन बोक्ने आफन्त तथा साथीभाइसँग मेसेज गर्ने निकै उत्कृष्ट विकल्प तयार छ । 

गुगल मेसेजेजमा कसरी इनेबल गर्ने आरसीएस च्याट ? १. सुरुमा आफ्नो मोबाइलमा गुगल मेसेजेज  (Messages) एप खोल्नुहोस् । 

२. माथि दायाँ कुनामा रहेको तीन ओटा थोप्ला भएको मेनुमा थिच्नुहोस् र सेटिङ (Settings) मा जानुहोस् । 

३. जनरल (General) हुँदै च्याट फिचर्स (Chat features) मा दबाउनुहोस् ।