नेपालमा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालमा ४ हजार ९६१ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।