आइतबार सुदूरपश्चिममा १८४ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

आइतबार सुदूरपश्चिममा १८४ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

धनगढी । आइतबार सुदूरपश्चिम प्रदेशमा १८४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा १ हजार ४८७ जनाको परीक्षण गरिएको १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार ७ जनाको पीसीआरमार्फत र १७७ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७२, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ९२, जुलाघाटबाट फर्केका ७ जना र दार्चुलाको जोलजिवी नाकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिमका नाका भएर आज एक हजार ६९७ नेपाली स्वदेश फर्केका छन्। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ।

यस्तै पछिल्लो २४ घण्टामा बाजुराका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुरुषको होम आइसेलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।