राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन ।