जिल्ला प्रशासन कार्यालय कैलालीमा टोकन प्रणालीमार्फत सेवा दिन सुरु

जिल्ला प्रशासन कार्यालय कैलालीमा टोकन प्रणालीमार्फत सेवा दिन सुरु

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आजबाट नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र विवरण संकलन टोकन प्रणालीमार्फत सेवा दिन सुरु गरेको हो । प्रशासकीय अधिकृत शिवराज जोशीले एक सूचना जारी गर्दै नयाँ नागरिकता दैनिक ४० वटा टोकन, नागरिकताको प्रतिलिपि दैनिक ६० वटा टोकन र राष्ट्रिय परिचयपत्र दैनिक ८० वटा टोकन वितरण गरिने जनाएका छन् ।

‘कोभिड–१९ संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि नागरिकता वितरण र राष्ट्रिय परिचयपत्र वितरण संकलन कार्यलाई थप व्यवस्थित बनाउन पहिले आउने सेवाग्राहीले पहिले सेवा पाउने गरी टोकन प्रणाली लागु गरिएको छ,’ प्रशासकीय अधिकृत जोशीले जारी गरिएको सूचनामा भनिएको छ, ‘सेवा लिन बिहान १० बजेदेखि दिउसो २ बजेसम्म टोकन लिईसक्नुपर्ने छ।

टोकन वितरण कार्यालयको मूल गेटमा गरिनेछ। एक सेवाग्राहीलाई एक टोकन मात्र उपलब्ध हुनेछ।’

No description available.