सोमबार सुदूरपश्चिममा ३४५ जना कोरोना संक्रमित थपिए

सोमबार सुदूरपश्चिममा ३४५ जना कोरोना संक्रमित थपिए

धनगढी । सोमबार सुदूरपश्चिम प्रदेशमा थप ३४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार २७५ जनाको कोरोना परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । 

१ सय ३ जनाको पीसीआरमार्फत र २ सय ४२ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकामध्ये १ सय ५४ जना आजै भारतबाट आएका नागरिक हुन्।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो।