कैलालीमा ढुंगाभित्र लुकाइछिपाई काठ ओसारपसार गरिरहेको अवस्थामा काठ बरामद

कैलालीमा ढुंगाभित्र लुकाइछिपाई काठ ओसारपसार गरिरहेको अवस्थामा काठ बरामद

धनगढी । ढुंगा बोकेको ट्याक्टरबाट लुकाइछिपाई ओसारपसार गरिरहेको काठ बरामद गरिएको छ ।

कैलाली बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डास्थित ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले काठको गोलिया बरामद गरेको हो ।

प्रहरी गस्ती टोलीले से १ त ५५६०  र से २ त ११२ नम्बरको ट्याक्टरमा अवैध रुपमा लुकाई छिपाई ओसारपोसार गरी रहेको अवस्थामा ७ फिट लम्बाईका ६ थान सालको गोलिया बरामद गरेको प्रहरीले जनाएको छ।

आवश्यक कारवाहीको लागी सव–डिभिजन वन कार्यालय बौनिया कैलालीमा बुझाईएको प्रहरीको भनाइ छ ।