कोरोना कहरका बिच विदेश भासिँदै सुदूरपश्चिमेलीहरु, पुनः श्रम स्वीकृति लिनेको संख्याा बढ्दो

कोरोना कहरका बिच विदेश भासिँदै सुदूरपश्चिमेलीहरु, पुनः श्रम स्वीकृति लिनेको संख्याा बढ्दो

धनगढी । सुदूरपश्चिम प्रदेशबाट पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ । कोरोना भाइरस कोभिड-१९ को दोस्रो लहर संक्रमण दरमा केही कमी आए सँगै वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति लिनेको संख्या बढेको हो । 

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य विभाग, श्रम तथा रोजगार कार्यालय काठमाडौँ बाट पहिलो पटक श्रम स्वीकृति लिई सके पश्चात् समया अवधि थपी पुनः वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले सुदूरपश्चिमबाट धनगढी स्थित श्रम तथा रोजगार कार्यालय मार्फत पुनः श्रम स्वीकृति लिने गरेका छन् । 

धनगढी स्थित श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख जनक सिंह उखेडाका अनुसार गएको आर्थिक वर्ष २०७७/०७८ मा ११ महिला ६ सय ८५ पुरुष गरी जम्मा ६ सय ९६ जनाले विभिन्न १२ देशका लागी पुनः श्रम स्वीकृति लिएका छन् । जसमा, युएई ७ महिला, ३३७ पुरुष गरी ३ सय ४४ जना, मलेसिया १९ पुरुष, साउदी १ महिला १ सय २३ पुरुष गरी १ सय २४ जना, कुवेत १४ पुरुष, कतार १ सय ६० पुरुष, ओमन २ महिला ११ पुरुष गरी १३ जना, बहराइन १ महिला ८ पुरुष गरी ९ जना, पोल्यान्ड ४ पुरुष, जापान २ पुरुष, माल्दीभ्स २ पुरुष, रोमानीया २ पुरुष र माल्टाका लागी ३ पुरुषले पुनः श्रम स्वीकृति लिएका छन् । 

त्यस्तै, चालु आर्थिक वर्षको श्रावण देखी पुस महिना सम्मको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षको भन्दा पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको निमित्त कार्यालय प्रमुख उखेडाले जानकारी दिनुभयो । उखेडाका अनुसार चालु आर्थिक वर्ष २०७८/०८९ को श्रावण देखी पुस महिना सम्म विभिन्न १९ देशका लागी १५ महिला र ७ सय ६८ पुरुष गरी जम्मा ७ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा युएई ९ महिला ३ सय ३० पुरुष गरी ३ सय ३९ जना, साउदी १ महिला १ सय ७० पुरुष गरी १ सय ७१ जना, कतार ४ महिला १ सय ९६ पुरुष गरी २ सय जना, मलेसिया ९ जना पुरुष, कुवेत २६ जना पुरुष, बहराइन ३ जना पुरुष, रोमानीया ९ जना पुरुष, जोर्डन १ जना पुरुष, ओमन ६ जना पुरुष, जापान २ जना पुरुष, सेशेल्स ५ जना पुरुष, क्रोएसिया १ जना पुरुष, पोल्यान्ड २ जना पुरुष, कङ्गो १ जना पुरुष, माल्दीभ्स २ जना पुरुष, इन्डोनेसिया २ जना पुरुष, इजरायल १ जना पुरुष, माल्टा १ जना महिला र सिज रिपब्लिकका लागी २ जना पुरुषले पुनः श्रम स्वीकृति लिएका छन् । 

उल्लेखित तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशबाट पुनः श्रम स्वीकृति लिने व्यक्तिहरूको संख्या बढी देखिन्छ । भने कुनै पनि पनि राष्ट्रका नागरिकले वैदेशिक रोजगारीमा मकाएको रेमिट्यान्सले क्षणिक फाइदा पुगे पनि कुनै पनि देशको दिगो विकास र दीर्घकालीन फाइदा नहुने उखेडाको बुझाई छ । 

नेपालको पनि सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीमा तेस्रो मुलुक जानेहरूको संख्या उच्च रहेको रहेको पाइन्छ । यसरी वैदेशिक रोजगारीबाट कमाई पठाएको विदेशी मुद्रा अथवा रेमिट्यान्सले क्षेणीक फाइदा भए पनि, सो रकम विलासिताका चिज बस्तुमा बढी खर्च हुने भएकोले दिगो विकास भने हुन सक्ने अवस्था न्यून देखिएको उखेडाले बताउनुभयो ।
 
''अहिले विदेश जानेहरूमा दुःख का साथ भन्नु पर्छ सिप सिकेका भन्दा सिप नसिकेका व्यक्तिहरू बढी गइराखेको अवस्था छ । सिप नसिकेका व्यक्तिहरू कम पैसा तर उच्च जोखिम युक्त काममा गइराखेको अवस्था छ । यो काम गर्ने श्रमिकको लागी पनि जोखिम नै हो भने देशले पनि यस्तो अवस्थामा कुनै फाइदा लिन सक्दैन । राज्यले गरी राखेको छ । यद्धपी अझै परिष्कृत ढङ्गले कार्यसम्पादन गर्ने, स्वदेशमै रोजगारी को सिर्जना गरी यतै काम दिन सके दीर्घकालीन देश विकाशमा समेट टेवा पुग्ने थियो ।'' उहाँले भन्नुभयो ।