गोदावरीको भाइरल काठेपुलबाट खसेर एक जनाको मृत्यु

गोदावरीको भाइरल काठेपुलबाट खसेर एक जनाको मृत्यु

कैलालीको गोदावरीको काठे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ। 

टिकटक र फोटो सुटका लागि भाइरल बनेको गोदावरीको काठेपुलबाट खसेर अछामका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल जनाएका छन् ।

सोमबार साझ ६ बजे पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको हो। भाटले मादक पदार्थ सेवन गरेको बताइएको छ । मृतक भाट शिक्षक पनि हुन् ।