सेती प्रयोगशालामा थप १९९ जनामा कोरोना संक्रमण

सेती प्रयोगशालामा थप १९९ जनामा कोरोना संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३२९ नमूना परीक्षण गर्दा थप १९९ जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै २४ घण्टामा थप १ जना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन् । जसमध्ये ३ जनाको आइसियू र १ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।