प्रधानन्यायाधीशले आफ्नै बैठक कक्षमा राखे फुलकोर्ट

धनगढी खबर    

प्रधानन्यायाधीशले आफ्नै बैठक कक्षमा राखे फुलकोर्ट

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै बैठक कक्षमा फुलकोर्ट राखेका छन् । उनले बैठकमा आफूपनि बस्ने बताएका छन् । तर, अन्य न्यायाधीशहरु यसबारे केही बोलेका छैनन् ।

यसअघि न्यायाधीशहरूले प्रधानन्यायाधीशहरुसँग बेञ्च सेयर नगर्ने बताएका थिए । तर यो बेन्च (इजलास) नभएर आन्तरिक मिटिङ हो ।

न्यायाधीशले प्रधानन्यायाधीश बैठकमा बस्ने या नबस्ने भन्नेबारे थाहा नभएको तर उनी बसे सेवामा संकुचन आउने दावी गरे ।

कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । 



मङ्गलबार ०४, माघ २०७८ ०२:१४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस