सुदूरपश्चिममा एकैदिन ४८८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा एकैदिन ४८८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा थप ४८८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा एक हजार ५३६ नमुना परीक्षण गर्दा थप ४८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ३९५ नमुना पिसिआर परीक्षण गर्दा २५७ र एक हजार १४१ नमुना एन्टिजेन परीक्षण गर्दा २३१ जनामा पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका १०१ जनामा संक्रमण देखिएको हो । प्रदेशका पाँच वटा नाकामा एन्टिजेन विधिबाट ८४२ जनामा परीक्षण गरिएकोमा १०१ जनामा पोजेटिभ देखिएको हो ।

गौरीफन्टा नाकामा ५० जना, गड्डाचौकीमा ४६ जना र झुलाघाट नाकामा पाँच जना गरी १०१ जना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस्तै २४ घण्टामा २१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।