धनगढीको वडा नम्बर ३ का बासिन्दाद्धारा उपमहानगरपालिका घेराउ

धनगढीको वडा नम्बर ३ का बासिन्दाद्धारा उपमहानगरपालिका घेराउ

धनगढी । स्थानीयले धनगढी उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । डुबानको समस्या समाधानको माग गर्दै उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीयले कार्यालय घेराउ गरेका हुन् । बर्षायाममा सामान्य पानी पर्दा पनि यस क्षेत्रको बस्ति डुवानमा पर्ने गरेको छ ।

खोलानाला अतिक्रमण र कल्भर्टहरु बन्द गरिएका कारणले उपमहानगरपालिकाको वडा नम्बर ३ बर्षेनी डुवानमा पर्दै आएको हो । धनगढीका अन्य क्षेत्र भन्दा बिशालनगरमा बढी डुवान हुने गरेको संघर्ष समितिका अध्यक्ष जयबहादुर थापाले जानकारी दिए । डुवानको समस्या समाधान गर्न उपहानगरपालिका अहिलेसम्म पनि उदासिन बनेको भन्दै उनीहरुले आज उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।  

मेयर नृप बहादुर वडले डुवानको समस्या असोजदेखि समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर अहिलेसम्म पनि कुनै काम नभएको हुँदा आफूहरुले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेको संघर्ष समितिका अध्यक्ष थापाले बताए । यही ६ गतेसम्म पनि कुनै काम सुरु नभए उपमहानगरपालिकामा ताला लगाउने उनले चेतावनी दिए ।