आजको मौसम

आजको मौसम

हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भुभागहरुमा आन्शिक बदली को अवस्था रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागि रहेको छ।

दिउँसो स् सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।राती  देशको पहाडी भूभाग लगायत लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ।

सुदूर पश्चिम प्रदेश , कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ 

देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको  साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।