प्रधानमन्त्री कप क्रिकेट : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लबले पुलिस क्लबलाई १ सय ५८ रनको विजयी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो।

एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए। यस्तै लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए। कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए।

भुवन कार्कीले १७ रन जोडे। आसिफ शेखले ९, प्रदिप ऐरीले ७, दिपक बोहराले ६ रन जोड्दा पुरण बिक शून्यमा आउट भए। किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३–३ विकेट लिए। गुलशन झाले २ विकेट लिए। यस्तै आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १–१ विकेट लिए। विजेताले पाँच लाख र उप–विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।