कांग्रेस महामन्त्री शर्मालाई कोरोना, परिवारका अन्य सदस्य पनि संक्रमित

कांग्रेस महामन्त्री शर्मालाई कोरोना, परिवारका अन्य सदस्य पनि संक्रमित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनीसहित उनको परिवारका सबै सदस्य संक्रमित भएका छन्।

कोरोनाको लक्षणले ग्रसित भएपछि पीसीआर परीक्षण गर्दा आज, बुधबार रिपोर्ट पोजिटिभ आएको शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका छन्। 

उनले सार्वजनिक कार्यक्रममा सतर्कता नअपनाउँदा संक्रमण भएको बताएका छन्। चिकित्सकको परामर्शमा आइसोलेसनमा बसिरहेको शर्माले उल्लेख गरेका छन्। 

शर्मा ८ महिनाअघि पनि परिवारसहित कोरोना संक्रमित भएका थिए।