धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६६ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २६३ नमूनाको परीक्षण गर्दा १६६ जनामा संक्रमण पुष्टि भएको अस्पतालको सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
२४ घण्टामा चार जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये २ जनाको आइसियुमा उपचार भइरहेको छ ।