पीसीआर परीक्षण मूल्य घट्यो : अब सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ

पीसीआर परीक्षण मूल्य घट्यो : अब सरकारीमा ८००, निजीमा १५०० रुपैयाँ

सरकारले कोरोना परीक्षण शुल्कमा परिमार्जन गरेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा ८ सय र निजी प्रयोगशालामा एक हजार पाँच सय अधिकतम शुल्क निर्धारण गरिएको हो ।

यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणका लागि एक हजार र निजीमा २ हजार रुपैयाँ तोकेको थियो । यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना परीक्षण शुल्क अत्यधिक भएको भन्दै घटाउन निर्देशन दिएको थियो ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले शुल्क परिमार्जन गरिएको जानकारी दिए।