सुदूरपश्चिममा एकैदिन थप ४७७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा एकैदिन थप ४७७ जनामा कोरोना पुष्टि

धनगढी । बुधबार सुदूरपश्चिम प्रदेशमा थप ४७७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७४८ जनामा नमुना परीक्षण गर्दा थप ४७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ३१७ नमुना पिसिआर परीक्षण गर्दा १९९ जना र एक हजार ४३१ एन्टिजेन विधिबाट परीक्षण गर्दा २७८ जनामा संक्रमण देखिएको हो ।  आज संक्रमण पुष्टि भएकामध्ये १ सय ७२जना आजै भारतबाट आएका नागरिक हुन् ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ८३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८१, जुलाघाटबाट फर्केका ३, पुलघाट नाका दार्चुला ३ र जोलाजिमी नाका दार्चुलाबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।