महामारीमा पत्रकारको सुरक्षामा ध्यान दिन समाजवादी प्रेस संगठनको सरकारलाई ध्यानाकर्षण

महामारीमा पत्रकारको सुरक्षामा ध्यान दिन समाजवादी प्रेस संगठनको सरकारलाई ध्यानाकर्षण

धनगढी । कोरोना भाइरसको तेस्रो भेरियन्टले निकै सङ्क्रमण फैलाइरहेका बेला अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारको सुरक्षामा ध्यान दिन समाजवादी प्रेस संगठन कैलालीले सरकारलाई माग गरेको छ ।

सङ्गठनको आज बसेको पहिलो बैठकले पत्रकारको सुरक्षाका लागि सरकार सङ्ग माग गर्ने निर्णय गरे सङ्गै संगठनका कैलाली अध्यक्ष लक्ष्मीप्रसाद जैशी र सचिव दिनेश बिस्टले अपिल बिज्ञपति निकाल्दै सरकार सङ्ग माग राखेको हो ।

पत्रकारको सुरक्षाका लागि सुरक्षा सामग्री सङ्गै पत्रकारका लागि कोरोना बिमाको समेत संगठनले माग गरेको हो । साथै कोरोना सङ्क्रमण निकै तिब रूपमा फैलिरहेको बेला अग्रपङ्क्तिमा खटिएर रिपोर्टिङ गरिरहेका पत्रकार हरूलाई सजग भएर काम गर्न संगठनले माग गरेको छ ।

कोरोना सँग जुधिरहेका पत्रकार हरुको शीघ्र स्वास्थ्य लाभको समेत संगठनले कामना गरेको छ ।

No description available.