कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका-१ बस्ने असोक जनालालाई प्रहरीले आज पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनी नकबजनी चोरी मुद्धका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोही ठाउँको वडा नम्बर १ मा लुकीछीपी बसिरहेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिइएको हो । थप आवश्यक कारबाहीको लागि कैलाली जिल्ला अदालत धनगढी पठाईएको प्रहरीले जनाएको छ ।