सेती प्रयोगशालामा थप १६७ जनामा कोरोना पुष्टि, ७ जना संक्रमित निको भई डिस्चार्ज

सेती प्रयोगशालामा थप १६७ जनामा कोरोना पुष्टि, ७ जना संक्रमित निको भई डिस्चार्ज

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २८३ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा सात जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने थप दुईजना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १३ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।