लोक सेवा आयोगको लिखित परीक्षा पनि स्थगित

लोक सेवा आयोगको लिखित परीक्षा पनि स्थगित

कोरोना भाइरस ओमिक्रोन भेरियन्टका कारण संक्रमण तीव्र भएपछि लोकसेवा आयोगले पनि परीक्षा स्थगित गरेको छ । आयोगले माघ मसान्तसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय बिहीबार लिएको हो ।

आगामी माघ १० सम्मका लागि निर्धारण भएका परीक्षा सञ्चालन भएर ११ गतेदेखिका परीक्षा भने स्थगित गरिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए ।

आयोगले माघ ११ गतेदेखि उपसचिव तहको परीक्षा निर्धारण गरेको थियो। अरु विभिन्न निकायका परीक्षा पनि माघ महिनाभर सञ्चालन हुने गरी निर्धारण भएको थियो ।