लोक सेवाका आगामी फागुन १ गतेदेखि सबै लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

लोक सेवाका आगामी फागुन १ गतेदेखि सबै  लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

लोक सेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ । बिहीबार बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि लिखित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । 
आयोगका उपसचिव एकनारायण शर्माद्वारा जारी सूचनामा आगामी फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम समेत कम्तिमा सात दिनको पूर्व सूचाना दिई पुनः तालिकिकरण गरी यथाशिघ्र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै लिखित परीक्षाबाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यहरु यथावत रुपमा सञ्चालन हुने आयोगले जनाएको छ ।