कोभिड उपचार सेवा प्रवाहमा सबै सम्भावना खुला गर्ने गरी अस्पतालहरूको तयारी तीव्र

कोभिड उपचार सेवा प्रवाहमा सबै सम्भावना खुला गर्ने गरी अस्पतालहरूको तयारी तीव्र

देशभरि कोभिड–१९ सङ्क्रमण दर वृद्धि भएपछि अस्पतालहरूले पनि  उपचारको प्रबन्ध  गर्न  सबै  पूर्वाधार  र  जनशक्ति  तयारी  अवस्थामा  राखेका  छन् ।

भर्ना हुन आउने कोभिडका बिरामीको सङ्ख्या  बढोत्तरी  भए  पनि उपचार सेवा  प्रवाहमा  सबै  सम्भावना  खुला  गर्ने  गरी  अस्पतालहरूले तयारी तीव्र बनाएका हुन

काठमाडौँका वीर  अस्पताल,  त्रिवि  शिक्षण अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, ललितपुरस्थित  पाटन  अस्पताललगायत  सबै  कोभिड  अस्पतालले  कोभिड–१९  बाट  सङ्क्रमित  बिरामीलाई  उपचारको  सहज पहुँचका लागि आवश्यक स्वास्थ्य सामग्री  र  चिकित्सक  तयारी  अवस्थामा  राखेका छन् ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्रकुमार बस्नेतले कोभिड–१९ बाट सङ्क्रमितको उपचारका सबै सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको बताए ।

कोभिडका लागि एक सय भेन्टिलेटरसहित उपचारको प्रबन्ध गरिएको छ ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्रकुमार बस्नेतका अनुसार इमर्जेन्सी, आईसीयू, वार्ड  तयार  रहेको,सबैमा  अक्सिजनको  व्यवस्था , २४ सै घण्टा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था छ । 

ननकोभिड सेवालाई कम्प्रमाइज गरेर  कोभिडको बिरामीलाई प्राथमिकता दिएर उपचार अघि बढाईएको छ।