मञ्जुश्री फाइनान्सको नाफा गत वर्षको तुलनामा ३३.५२ प्रतिशत कम,प्रति शेयर कति ?

मञ्जुश्री फाइनान्सको नाफा गत वर्षको तुलनामा ३३.५२ प्रतिशत कम,प्रति शेयर कति ?

मञ्जुश्री फाइनान्स लिमिटेडले ६ महिनामा ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा बढ्न दबाब पुगेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २.२४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६०.७७ प्रतिशत बढेको छ । समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा भने ३०.८६ प्रतिशत घटेको छ । सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

नाफा घटेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ ४९ पैसा रहेको फाइनान्सको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ १६ पैसामा झरेको छ ।

समीक्षा अवधिमा फाइनान्सको निक्षेप १६.१९ प्रतिशत र कर्जा ४१.७३ प्रतिशत बढेको छ।