धनगढीको एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको भिडियो सार्वजनिक

धनगढीको एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरी गरेको भिडियो सार्वजनिक

धनगढी । कैलालीको एक मोवाईल ग्यालरीमा प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको छ । जिल्लाको धनगढीस्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोवाईल ग्यालरीबाट प्रहरीले मोबाइल चोर्दै गरेको भिडियो सार्वजनिक भएको हो ।

हिजो लागूऔषधको कारोबार भैरहरेको सुचनाको आधारमा सो ग्यालरी पुगेको प्रहरीको टोलीका एक जनाले मोवाईल चोर्दै गरेको भिडियो पसलको सिसीटिभिमा कैद भएको पसल सञ्चालक सुवास रावलले जानकारी दिए ।

ती प्रहरीले मोवाईल चोरी गरेको पसल सञ्चालक रावलले बताए । मोवाईलको खाली डब्बा देखेपछि सिसि टिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा सलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले भिडियो सहित नै निवेदन आएपछि सो बारे छानबिन भइरहेको जानकारी दिए । बिहिवार प्रहरीले ग्यालरीबाट लागुऔषध खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको थियो ।