नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुल्यो

धनगढी खबर    

नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुल्यो
फाइल तस्विर

सुख्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ । पहिरो पन्छाएपछि आज बिहान ११ बजेदेखि दुई तर्फी बाटो खुलेको हो ।

इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला टोपो खोला नजिक पहिरो खसेर आज बिहान साढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयसम्म गाडी जाम भएकाले अहिले सो सडकखण्डमा सवारी साधनको चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हतार नगरी यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।



शुक्रबार ०७, माघ २०७८ १२:५० मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस