शुक्रबार सेती प्रयोगशालामा थप १६४ जनामा कोरोना संक्रमण

शुक्रबार सेती प्रयोगशालामा थप १६४ जनामा कोरोना संक्रमण

धनगढी । शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १६४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २८२ नमुना परीक्षण गर्दा थप १६४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ६ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने तीन जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा १० जना संक्रमित उपचाररत छन् । ती मध्ये तीनजना आइसियु र एकजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।