धनगढीमा माघ १० गतेदेखि कोरोनाविरुद्धको 'बुस्टर डोज' खोप लगाइने, यी हुन् खोप केन्द्र

धनगढीमा माघ १० गतेदेखि कोरोनाविरुद्धको 'बुस्टर डोज' खोप लगाइने, यी हुन् खोप केन्द्र

धनगढी ।  धनगढी उपमहानगरपालिकाले माघ १० गतेदेखि १३ गतेसम्म कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने भएको छ । पहिलो र दोस्रो खोप लगाएर ६ महिना पुगिसकेका नागरिकहरुलाई अतिरिक्त तेस्रो खोप लगाइने भएको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले उपमहानगरपालिकाको १ नम्बर वडाको रंगशालामा १० गतेदेखि १३ गतेसम्म  बिहान १० बजेदेखी ४ बजे सम्म पहिलो र दोस्रो खोप लगाएका ६ महिना पुगिसकेका नागरिकहरुलाई अतिरिक्त तेस्रो खोप लगाइने बताए ।

त्यस्तै उपमहानगरपालिकाका २, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा १० र ११ गते खोप लगाइने स्वास्थ्य शाखा प्रमुख बोहराले बताए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाईकर्मी, पत्रकारका साथै सार्वजनिक सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई खोप लगाइने बताए ।

त्यस्तै ६० बर्ष उमेर समुहका सबै नागरिक, दिर्घरोगीहरुलाई समेत अतिरिक्त खोप लगाइने जानकारी उपमहानगरपालिकाले दिएको छ ।

No description available.