शिक्षामन्त्री र डा. केसीबीच छलफल

शिक्षामन्त्री र डा. केसीबीच छलफल

चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गर्नुभएको छ ।

मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उहाँका महत्त्वपूर्ण सुझावलाई ग्रहण गरिने छ । 

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटक पटक अनशन बस्नुभएका डा केसीले अझै विगतमा पूरा नभएका मागहरू सम्बोधनका लागि आग्रह गर्नुभएको थियो ।