नेपालमा थपिए १० हजार ७०३ कोरोना संक्रमित, ३ को मृत्यु

धनगढी खबर    

नेपालमा थपिए १० हजार ७०३ कोरोना संक्रमित, ३ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणमा ८८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८८८ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९१ दशमलब ४ रहेको छ ।



शुक्रबार ०७, माघ २०७८ ०४:३१ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस