सरकारले सुदूरपश्चिममा १८ लाख ट्याव्लेट पारासिटामोल पठायो

सरकारले सुदूरपश्चिममा १८ लाख ट्याव्लेट पारासिटामोल पठायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको छ । देशभर कोरोनाका बिरामी बढेसँगै पारासिटामोल अभाव भएको थियो । मन्त्रालयले शुक्रबार सातवटै प्रदेशमा पारासिटामोल पठाएको हो ।

मन्त्रालयका अनुसार सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको हो । प्रदेश एकमा २७ लाख ६४ हजार, मधेश प्रदेशमा २१ लाख ३० हजार, बागमती प्रदेशमा १० लाख ९८ हजार ट्याव्लेट पारासीटामोल पठाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा १८ लाख, लुम्बिनी प्रदेश २७ लाख ३० हजार, कर्णाली प्रदेशमा १० लाख २० हजार र सुदूरपश्चिम प्रदेशमा १८ लाख ट्याव्लेट पठाएको मन्त्रालयले जनाएको छ।