कैलालीमा प्रशासनको नयाँ आदेश जारी, के गर्न पाइन्छ, के पाइँदैन ? (२४ बुँदे आदेशसहित)

कैलालीमा प्रशासनको नयाँ आदेश जारी, के गर्न पाइन्छ, के पाइँदैन ? (२४ बुँदे आदेशसहित)

धनगढी । कैलालीमा आज राति १२ बजेदेखि लागु हुने गरी नयाँ आदेश जारी भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा जारी आदेश अनुसार जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिडविरुद्धको खोप कार्ड अनिवार्य लगायतका २४ बुँदे आदेश जारी गरिएको हो ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ। 

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ। 

सार्वजनिक यातायाको हकमा सिट क्षमताभन्दा बढी नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउन पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ। मास्क नलगाउने व्यक्तिलाई यातायातमा भित्र प्रवेश नदिन भनिएको छ। 

लामो दूरीमा चल्ने यातायातले भने बीचबाटोमा थप यात्रु चढाउन नपाइनेगरी आदेश जारी गरिएको छ । सम्भव भए एन्टिजेन परीक्षण समेत गराउन भनिएको छ।

हेर्नुहोस् प्रशासन कार्यालयको आदेश :

No description available.No description available.No description available.No description available.