मेलम्चीको पानी यस वर्षभित्रै काठमाडौंमा ल्याउने प्रधानमन्त्रीको दाबी

धनगढी खबर    

मेलम्चीको पानी यस वर्षभित्रै काठमाडौंमा ल्याउने प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौँ उपत्यका ल्याउने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ आउने बताए ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।



शुक्रबार ०७, माघ २०७८ ०५:५७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस