कैलाली प्रशासनद्धारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द (सुचनासहित)

कैलाली प्रशासनद्धारा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द (सुचनासहित)

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रशासनले अत्यावश्यक बाहेक सम्पुर्ण सेवा बन्द गरेको हो ।

कार्यालयका २३ कर्मचारीहरुमा कोरोना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले जानकारी दिए । अन्य कर्मचारीमा पनि केही दिन अगाडी संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा कोरोना संक्रमण हुने गति तिब्र हुन थालेपछि प्रशासनले शुक्रबार सुचना जारी गर्दै शान्ति सुरक्षा र मुद्धा बाहेक सम्पुर्ण सेवा बन्द गरिएकोसुचना अधिकारी जोशीले बताए । 

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका कर्मचारीहरु कोरोना संक्रमित भई आईसोलेसनमा बस्नुको साथै कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड हुन लागेपछि अत्यावश्यक सेवा बाहेका अर्को सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको प्रशासनले जनाएको छ ।

No description available.